पोखरा जगदम्बा ट्राभल्सको सेवा विस्तार, पूर्वको धरान र विराटनगरहुँदै काकडभिट्टासम्म चल्ने

पाेखरा | असोज १८, २०८१

पोखरा जगदम्बा ट्राभल्सको सेवा विस्तार, पूर्वको धरान र विराटनगरहुँदै काकडभिट्टासम्म चल्ने

पोखरा:    पोखराको जगदम्बा ट्राभल्सले सोफा र एसीसहितको ४ वटा अत्याधुनिक बस थपेको छ । पर्यटकीय राजधानी पोखराबाट देशका विभिन्न क्षेत्रमा सेवा दिइरहेको जगदम्बाले पोखरा–काठमाडौंका लागि २ वटा र पूर्वको धरान र विराटनगरहुँदै काकडभिट्टासम्म चल्ने रुटमा २ वटा गरेर कुल ४ वटा बस थपेको हो । 


सेवाग्राहीलाई उच्चस्तरको सेवा दिने उद्देश्यले थपिएको सोफा र एसीसहितको बसको प्रतिनिधि सभा सदस्य दामोदर बैरागीले आज विहान उद्घाटन गरे ।


सुविधा सम्पन्न बसमा कफी, खाजा र पानीसहितका सुविधा दिईने सञ्चालक केशवप्रसाद अधिकारीले जानकार दिए । बसमा पोखरा–काठमाडौंको यात्राका लागि १ हजार ६ सय भाडादर कायम गरिएको उनले बताए । पोखरादेखि पूर्व जाने गाडीमा भने खाजा, पानीलगायतका सुविधा नदिईने उनले स्पष्ट पारे ।


नया बस शुभारम्भको अवसरमा डेमो यात्रा गराइएको थियो । डेमो यात्रामासमेत सहभागी सांसद दामोदर बैरागीले सुविधा सम्पन्न अत्याधुनिक बसले पर्यटकीय राजधानीको औचित्य पुष्टि गर्न सघाउने बताए । ‘पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा यसले थप आकर्षण प्रदान गर्छ’–उनले भने ।


पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले सुविधा सम्पन्न बसले सेवा दिने क्रम निरन्तर बढिरहेको बताए ।


जगदम्बा ट्राभल्सले पोखरा–काठमाडौं र पोखरा–दिल्ली लक्जरी बस सञ्चालन गर्दै आएको छ । जगदम्बाले गत बर्षमात्र चौथो संस्करणको सुपर भिआइपी लक्जरी बस सञ्चालनमा ल्याएको थियो भने । पाचौं संस्करणमा थप ४ वटा सोफा र एसीसहितको अत्याधुनिक बस सञ्चालनमा ल्याएको हो ।


जगदम्बा कम्पनीले मोर्डन ईरा टुर्स एण्ड ट्राभल्स मार्फत पोखरा दिल्ली लक्जरी बस सञ्चालन गर्दै आइरहेको छ । सञ्चालक अधिकारीले यात्रुको रोजाई अनुसार १ हजारदेखि १ हजार ६ र २ हजार ५ सय रुपैयाँसम्मको भाडादरमा पोखरा–काठमाडौं बस सञ्चालन गरिएको बताए ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्